राजनीति


ओली–प्रचण्डबीच बालुवाटारमा छलफल जारी

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल जारी

नेपालखबर
असोज २४, २०७७ शनिबार ८:२२,

प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ।

शनिबार दिउँसो साव १ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको हो।

त्यसअघि प्रधानमनत्री ओलीले आमरण अनशनरत डाक्टर गोविन्द केसीका मागका विषयमा छलफल गर्न आएका शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सरकारी वार्ता टोलीका सदस्यसँग छलफल गरेका थिए।

सोही छलफलका क्रममा अध्यक्ष प्रचण्ड पनि बालुवाटार पुगेका थिए। प्रचण्ड केहीबेर उक्त छलफलमा समेत बसेको स्रोतले जानकारी दियो।

डा. केसीको मागका विषयमा सरकारी वार्ता टोली र डाक्टर केसीका प्रतिनिधिबीच शुक्रबार राति अबेरसम्म वार्ता भए पनि सहमति हुन सकेको थिएन। शनिबार बिहान ११ बजे शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीलाई लिएर बालुवाटार पुगेको झन्डै एक घन्टापछि प्रचण्ड पनि बालुवाटार पुगेका हुन्।

सो टोलीसँगको छलफलपछि ओली र प्रचण्डबीचको छलफल सुरु भएको हो। पछिल्ले केहीदिनदेखि दुई अध्यक्षबीच दैनिकजसो छलफल भइरहेको छ।

पार्टी एकीकरणको बाकी काम यो महिनाभित्र सम्पन्न गर्ने बताएका दुई अध्यक्षले एकीकरण सँगसँगै संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा पनि साझा सहमति गर्ने प्रयास गरेको दुबै निकट स्रोतले जनायो।

यस्तै रिक्त ३ मन्त्रालयमा ३ जना पठाउने विषयसमेत पेचिलो बन्दै गएको छ। अर्थ मन्त्रालयमा नेताहरूले चासो देखाएपछि सो प्रक्रियासमेत रोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad