ad ad

राजनीति


पर्यटनमन्त्री भट्टराई र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता, हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी

पर्यटनमन्त्री भट्टराई र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता, हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ८:४२,

 संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेट गरेका छन्।

सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो।

उक्त भेटमा हवाई क्षेत्रका सम्बन्धमा भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको मनत्री भट्टराईको सचिवालयले जनाएको छ। कोभिड–१९ का कारण बन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुबीचको उडान चाँडै सुचारु गर्ने बारेमा पनि कुराकानी भएको बताइएको छ।

yogesh321

सो अवसरमा संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो। सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका थिए।

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथा नागरिक उडड्यनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .