ad ad

कारोबार


होटल याक एण्ड यतिको स्पाइस रुम अतिथिका लागि खुल्ला

होटल याक एण्ड यतिको स्पाइस रुम अतिथिका लागि खुल्ला

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ८:२,

कोरोना महामारीका कारण बन्द होटल याक एण्ड यतिले आफ्नो स्पाइस रुम अतिथिका लागि खुल्ला गरेको छ।

दैनिक बेलुकी ५ बजेदेखि १० बजेसम्म होटलको इन्डियन फाइन डाइनिङ रेस्टुराँ, स्पाइस रुम–अथेन्टिक, क्लासिकलगायत खुल्ला भएको होटलले जानकारी दिएको छ।

होटल खुले पनि अतिथि तथा कर्मचारीको स्वास्थ्य र सुरक्षालाई मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ। वर्तमान समयअनुसार होटलको मापदण्ड परिवर्तन गरी बितेका केही महिनायता आवश्यक सरसफाइजन्य कार्यहरु गरेर तयारी गरिएको होटलले पठाएको विज्ञप्तिमा उल्लेख छ।

याक एण्ड यतिका अनुसार होटल क्षेत्रमा विश्व स्वास्थ्य संगठन र वातावरण संरक्षण संस्था (ईपीए)ले प्रमाणित गरेका् युरोपेली मापदण्डअनुसार सरसफाइजन्य काम गरिएको तथा कन्ट्याक्ट ट्रेसिंग र टेम्प्रेचर स्क्रिनिंग सबै अतिथि र कर्मचारी होटल प्रवेश गर्नुअगाडि गर्ने गरेको सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको, खाना तथा पानमा सुरक्षालाई ध्यान दिएर सोहीअनुसारको व्यवस्था गरिएको तथा खाने समयमा दूरी कायम गरिएकोलगायत मापदण्ड अवलम्बन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .