ad ad

समाज


सरकारलाई वार्ता सुरु गर्न ४ बजेसम्मको अल्टिमेटम, नभए कडा आन्दोलन

सरकारलाई वार्ता सुरु गर्न ४ बजेसम्मको अल्टिमेटम, नभए कडा आन्दोलन

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ८:४२,

अनसनरत् डा. गोविन्द केसी सोलिडारिटी एलाइन्सले आज शुक्रबार बेलुका ४ बजेसम्म प्रधानमन्त्रीले गोविन्द केसीका प्रतिनिधिलाई वार्तामा नबोलाए आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केसीका माग र उनको बिग्रदो स्वास्थ्यप्रति गम्भीरता नदेखाएको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।

‘प्रधानमन्त्री ओलीले सत्याग्रहीलाई मृत्युसैयमा छाडेर बार्ता बिलम्ब गराइरहेका छन। हाम्रो धैर्यताको बाँध अब टूटने अवस्थामा छ,’ सो एलायन्सले भनेको छ, ‘बेलुका ४ बजे सम्ममा बार्तामा नबोलाईए थप आन्दोलन चर्काउने छौै।’

उनीहरुले डा केसीको जीवन तलमाथि भएमा यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ।

शुक्रबार बिहानै सुरु हुने भनिएको सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता दिउँसो दिउँसोसम्म पनि सुरु हुन नसकेकोपछि उनीहरुले अल्टिमेटम दिएका हुन्।

डा. केसीका प्रतिनिधिहरुले सरकारी टोलीले ढिलाइ गर्दा वार्ता हुन नसकेको बताएका छन्।

बिहीबार एकखालको सहमति गरेर थप छलफलपछि पुनः शुक्रबार वार्तामा बस्ने भनिएको भए पनि अहिलेसम्म वार्ता सुरु हुन नसकेको डा. केसीका तर्फबाट वार्ता टोलीमा रहेका ओमप्रकाश अर्यालले बताए।

उनले सरकारी टोलीले प्रधानमन्त्रीसँग छलफलका लागि समय नपाएको बताए। उनले सत्याग्रह २६ औँ दिनमा पुग्दा र डा. केसी मृत्युशय्यामा पुग्दा समेत प्रधानमन्त्री संवेदनशील नभएको आरोप लगाए।

याे पनि: 
डा. केसीका प्रतिनिधि भन्छन् : वार्ताका लागि प्रधानमन्त्री संवेदनशील हुनुभएन

चिकित्सक संघद्वारा आन्दोलन घोषणा, सेवा रोक्ने यस्ता छन् चरणवद्ध कार्यक्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .