अनसनरत डा. गोविन्द केसीको तर्फबाट सरकारसँग वार्ता गर्न टोली बनेको छ। बुधबार सरकारको तर्फबाट वार्ता टोली बनेलगत्तै डा. केसीले पनि वार्ता टोली बनाएका हुन्।
केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय टोली घोषणा गरिएको छ। टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।
चिकित्सा शिक्षा, स्वास्थ्य सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा. केसीलाई वेवास्ता गरेको भन्दै आलोचना भएपछि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो।

प्रतिक्रिया