राजनीति


अमेरिकामा नयाँ राष्ट्रपति चुन्न चुनाव हुनु एक महिनाअघि नै ४० लाख मतदान

अमेरिकामा नयाँ राष्ट्रपति चुन्न चुनाव हुनु एक महिनाअघि नै ४० लाख मतदान

नेपालखबर
असोज २१, २०७७ बुधबार ०:५९,

अमेरिकाकाे नयाँ राष्ट्रपति चयनका लागि चुनाव आउनु एक महिनाअघि नै ४० लाखभन्दा बढी मतदाताले हुलाकमार्फत मतदान गरिसकेका छन्। अमेरिकामा राष्ट्रपतीय चुनाव नोभेम्बर ३ तारिखमा हुँदै छ।

तर मतदानस्थलमा उपस्थित हुन नसक्ने मतदाताले मत हालेर हुलाकमार्फत पहिले नै मतपत्र पठाउने चलन छ।

कोराना महामारीका भएकाले यसपटक हुलाकबाटै मतदान गर्नु सुरक्षित ठान्ने अमेरिकी मतदाताले निर्चवानकाे मिति अघि नै मतदान गरेका हुन्। अमेरिकाका धेरैजसाे राज्यले यसपटक हुलाकमार्फत मतदान गर्न अनुमति दिएका छन्।

त्यहाँकाे निर्वाचन परियोजनाका अनुसार हुलाकबाट मतदान गरिएकाे याे संख्या सन् २०१६ को भन्दा ७५ हजारभन्दा बढी हो।

अमेरिकाकाे नयाँ राष्ट्रपति बन्न वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेन प्रतिस्पर्धामा छन्।

फ्लोरिडा विश्वविद्यालयका माइकल म्याकडोनाल्डले अमेरिकामा चुनावको मिति अघि नै यति ठूलो संख्यामा मतदान भएको पहिलोपटक देखिएको बताएका छन्। उनका अनुसार यसरी गरिने मतदानले नै दुई उम्मेदवारको जित हारको निर्णय गर्नेछ।

यसपटक करिब १५ करोड अर्थात् करिब ६५ प्रतिशत अमेरिकीले मतदान गर्ने उनकाे अनुमान छ। 

पछिल्लो जनमत सर्वेक्षणहरूले बाइडेनका पक्षमा केही झुकाव देखाए पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन्।

अमेरिकी निर्वाचन आयोगकाअनुसार मतदान स्थलमा उपस्थित भएर मतदान गर्ने मतदाताको संख्या निरन्तर घटिरहेको र हुलाकमार्फत मतदान गर्नेको संख्या बढ्दै गइरहेको छ। 

रिपब्लिकन पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ट्रम्पले भने हुलाकमार्फत गरिने मतदानमा धाँधली हुने भन्दै मतदानस्थलमै उपस्थित भएर मतदान गर्नुपर्नेमा जोड दिइरहेका छन्।

यतिसम्मकी यसरी गरिएको मतदानबाट यदि आफूले हारेमा सजिलै सत्ता नछाड्ने र अदालतमा जाने चेतावनीसमेत ट्रम्पले यसअघि नै दिइसकेका छन्।

तर विज्ञले उनकाे आशंका आधारहीन भएकाे बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad