छापा खबर


कोरोनाका कारण नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा धेरै

कोरोनाका कारण नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा धेरै

नेपालखबर
असोज २१, २०७७ बुधबार १:४,

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन्।

मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको छ। त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन्।

त्यसमा पनि ४० देखि ४५ वर्षसम्मका धेरै छन् । मृत्यु हुनेमा ७० प्रतिहत ५० वर्षमाथिका भएका खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । ‘कारणबारे थप अध्ययन हुनुपर्छ,’ उनले भने । ‘कम उमेर छ भन्दैमा ढुक्क हुने अवस्था छैन, रोगसित लड्ने क्षमता कति छ भन्ने कुरामा भरपर्छ,’ उनले भने।

नेपालमा युवा उमेरका मानिसको कोभिड–१९ ले हुने मृत्यु विकसित देशको तुलनामा बढी रहेको विज्ञहरुले जनाएका छ्न । विकसित देशको तुलनामा ७० वर्षमाथिका वृद्धहरुको संख्या कम हुनु र बढी मात्रा युवा समुहमा नै कोरोना संक्रमण हुनुले ५० वर्ष मुनिका व्यक्तिको मृत्यु बढी भएको उनीहरुको तर्क छ।

कम उमेरका भए पनि उनीहरु कुनै न दीर्घ रोगबाट प्रभावित भएकाले यो उमेरमा कोरोना संक्रमितको मृत्यु भएको हुन सक्ने राष्ट्रिय इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा.बाबुराम मरासिनीको विश्लेषण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad