नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु र थप केहि व्यक्तिहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारका लागि तय भएको बैठक असोज २५ गते सम्मका लागि स्थगित गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा असोज १५ गते पीसीआर परिक्षण गर्दा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
उनका अनुसार अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्तिमा समेत कोरोना देखिएको छ।
त्यसैगरी काठमाडौंबाहिर परीक्षण गराउने केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना संक्रमण देखिएको छ।
त्यसैले असोज १९ गते (सोमबार) का लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको पौडेलले बताएका छन्।

प्रतिक्रिया