समाज


थप २२ सय ५३ जनामा कोरोना पुष्टि, १३ सय २९ निको भए

थप २२ सय ५३ जनामा कोरोना पुष्टि, १३ सय २९ निको भए

नेपालखबर
असोज १८, २०७७ आइतबार १०:३८,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ। त्यस्तै देशभरमा संस्थागत आइसोलेसनमा रहनेको संख्या १० हजार ५२६ रहेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ७८४ पीसीआर परीक्षण भएकाे छ। 

पछिल्लो २४ घण्टामा थप १ हजार ३२९ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad