सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको कुराको खण्डन गरेका छन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्तोलाले ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको आफूलाई थाहा नभएको बताए।
‘रअ’ यदि आएकै हो र भेटेकै हो भने डिप्लोमेटिक प्रोटोकल अनुसारकै हुनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीज्युले भेट्नुभएको छैन। अनावश्यक हल्ला चलाइयाे।
उनले प्रधानमन्त्री र ‘रअ’का प्रमुखको भिन्दाभिन्दै स्थानको फोटो राखेर ढाँटियो भनेर प्रचार गरिएको बताए।
उनले रअको प्रमुखलाई भेटनै नहुने नभएको दावी गरे। ‘रअको मान्छेलाई भेटनै नहुने त होइन नि’, उनले भने।
उनले नेपाल सुन्दर देश भएका कारण मान्छेहरु आइरहने दावी गरे।
कुटनीतिक मर्यादामाथि पत्रकारले उठाएको प्रश्नमा उनले डिप्लोम्याटिक जवाफ दिएको भन्दै पन्छिए।

प्रतिक्रिया