नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को खनाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवत्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषले खनाललाई प्राधिकरणको अध्यक्षमा नियक्त गर्ने निर्णय गरेको जानकारी दिए।
अध्यक्ष पदका लागि १२ वटा आवेदनहरु परेका थिए।
आवेदन दिनेहरुमा देव नारायण यादव, अनिल कुमार झा, दिपक राज जोशी, रोहित रौनियार, नन्द विक्रम अधिकारी, गोविन्द प्रसाद दाहाल, पुरुषोत्तम प्रसाद खनाल, मधुसुदन कर्माचार्य, डिल्लीप्रसाद चौधरी, प्रकाश बराल, सुरेश कुमार कार्की र बुद्धि प्रसाद आचार्य रहेका थिए।
नवनियुक्त अध्यक्ष खनाल प्राधिकरणकै कर्मचारी हुन्।

प्रतिक्रिया