राजनीति


डा. केसीलाई सरकारको आग्रहः अहिले असामान्य अवस्था हो, अनसन फिर्ता लिनुहोस् (भिडियाे)

डा. केसीलाई सरकारको आग्रहः अहिले असामान्य अवस्था हो, अनसन फिर्ता लिनुहोस् (भिडियाे)

नेपालखबर
असोज १५, २०७७ बिहिबार १२:६,

सरकारले अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई आफ्नो अनसन फिर्ता लिन आग्रह गरेको छ।

बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले देशमा असामान्य अवस्था रहेको बेला अनसन, धर्नालगायतका आदोलन गर्न उपयुक्त नहुने बताए। कोरोनाको जोखिमपछि बाँकी कुराहरु छलफल गर्न सकिनिे भन्दै सबै जना अहिले कोरोनाबाट उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न लागिपर्नुपर्ने बताए।

उनले भने, ‘अहिले कोरोनाका कारण देशमाअसामान्य अवस्था छ। आजमात्रै हामीले एकजना राम्रो चिकित्सकलाई गुमाएका छौं। यतिबेला आन्दोलन, धर्ना उपयुक्त हुन्छ र? यदी केही कुराहरु छन् भने पछि पनि त छलफल गर्न सकिन्छ नि।’

बिहीबार मात्रै काेराेना संक्रमणका कारण कर्णाली प्रदेश अस्पताल सुर्खेतका बरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको हाे।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले डा केसी र उनका सहयाेगीहरुलाई अहिले अनसन फिर्ता लिएर सरकारलाई सहयाेग गर्न आग्रह पनि गरे। 

चिकित्सा शिक्षा र स्वास्थ्यमा सुधारकाे माग राख्दै डा केसीले जुम्लाबाट सुरु गरेकाे १९ औं अनसन अहिले पनि जारी छ। असनसनकाे १८ दिन पुग्दा उनकाे स्वास्थ्य अवस्था बिग्रँदै गएकाे बताइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad