कोरोना संक्रमणका कारण बन्द रहेको चीन र नेपालबीचको नाका खुलाउने सहमति भएको छ। नेपाल-चीन व्यापार संयुक्त कार्यदलको पहिलो बैठकले नाका खुलाउने सहमति गरेको हो।
अनलाइमाध्यमबाट बसेको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले नेतृत्व गरेका थिए भने चीनको तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयको एशिया मामिला विभागका महानिर्देशक पेङ गाङले नेतृत्व गरेका थिए। बैठकमा दुवै देशका ११-११ जनाको प्रतिनिधि थियो।
बैठकमा नेपाल चीन बीचका तातोपानी र रसुवागढीमा कोभिड१९ को संक्रमणबाट बच्ने सबै उपायहरु अपनाइ नाका सुचारु गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी गराएको छ।
बैठकमा नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्ने विषयमा समेत सकरात्मक छलफल भएको जनाइएको छ। छलफलका क्रममा दुवै पक्षले राखेका विषयवस्तुहरुका अतिरिक्त नेपाल चीन बीच परवाहन –ढुवानी सम्झौताको कार्यन्वयन गर्न दुवै तर्फबाट पहल गर्ने सहमति समेत भएको छ। पारवाहन ढुवानी प्रोटोकल कार्यन्वयन सम्भौता २०१९ अनुसार व्यापार सहजीकरण गर्ने विषयमा पनि छलफल भएको आपूर्ति मन्त्रालयले जनाएको छ।
यसैगरि रसुवाको टिमुरे स्थित सीमा जाँच स्टेशन, सुख्खा बन्दरगाहा कार्यान्वयनको विषष, १ सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्यवस्तु चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सुचिकृति गर्ने लगायतको विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया