क्यालिफोर्नियामा सैन्य अभ्यास गरिरहेका अमेरिकी वायु सेनाका जवानहरुको बर्दीमा चीनको नक्सा राखिएपछि चिनियाँ सञ्चारमाध्यमले त्यसको विरोध गरेको छ।
ड्रोन परिचालन गर्ने सो सैन्य टुकडीले आक्रमणको अभ्यास गर्न चीनको नक्सा अंकित बर्दी तयार गरेको हो।
बर्दीको कुममा रातो चीनको नक्सामाथि अमेरिकी एमक्यू–९ रिपर ड्रोनको चित्र देख्न सकिन्छ।
सेप्टेम्बर ३ मा सुरु भएको सो सैन्य अभ्यास मंगलबार सकिने बताइएको छ।
रिपर ड्रोन लडाकु ड्रोनमध्ये सबैभन्दा शक्तिशाली मानिन्छ। मध्यपूर्व र अफ्रिकामा युद्धमा यसको प्रयोग भएको छ।
सो अभ्यास चीनबाट निकै टाढा भएपनि अमेरिकी सेनाले चीनमाथि आक्रमण गर्न रिपर ड्रोन प्रयोग हुनसक्ने संकेत गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमको भनाइ छ।

‘वासिङ्टनले चीनविरुद्ध युद्धको तयारीलाई तीव्र बनाएको छ। र, यो खालको ड्रोन विश्वभर हत्या तथा अन्य आक्रमणमा प्रयोग हुँदै आएको छ,’ ग्लोबल टाइम्सले भनेको छ, ‘यो सैन्य अभ्यासबाट पठाइएको रणनीतिक संकेत हो। युद्ध अभ्यासमा चिनियाँ नक्साको प्रयोगले मानिसहरुको मनमा चीन र अमेरिका युद्धमा जाँदैछन् भन्ने परिकल्पना पैदा गर्छ।’
केही चिनियाँ विश्लेषकहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई सुनिश्चित गर्न निर्वाचनअिघ अमेरिकाले दक्षिण चीन सागरमा अचानक आक्रमण गर्नसक्ने बताउँदै आएका छन्। एजेन्सी
यो पनि:
Shares

प्रतिक्रिया