काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि बिरोध प्रदर्शन गरिरहेको नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
टंगालस्थित दूतावास अगाडि सोमबार प्रदर्शन गर्ने चार जनालाई पक्राउ गरेएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले नेपालखबरसँग भने।
चीनले नेपालको हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै नेपाली कांग्रेस निकट नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
सो क्रममा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुबोध वली, अर्बत खड्का, दिपेन्द्र खड्का र बिन्दा वोगटी पक्राउ परेका हुन्।

नेवी संघका पूर्वमहामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा दूतावास अगाडि प्रदर्शन गरेका उनीहरुले हालै स्थलगत अध्ययनका लागि हुम्लाको सीमा क्षेत्र पुगी फर्केको सरकारी टोलीको प्रतिवेदन सार्वजनिक गर्न माग पनि गरेका छन्।
तर सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने हुम्लामा चीनबाट कुनै सीमा अतिक्रमण नभएको भनी गतसाता बताएका थिए। उनले अहिले चीनसँग नेपालकाे सीमा विवाद नरहेकाे बताएका थिए।
याे पनि:
- सीमा क्षेत्रमा निर्मित भवन चिनियाँ भूभागमै बनेकाे हाे: परराष्ट्रमन्त्री ज्ञवाली (भिडियाे)
- हुम्लास्थित नेपाल–चीन सीमाबारे चार वर्षपहिले स्थलगत टोलीले दिएको थियो यस्ता निस्कर्ष र सुझाव
Shares

प्रतिक्रिया