ad ad

राजनीति


चीनको एजेन्ट बनेको आरोपमा न्युयाेर्कमा एक अमेरिकी प्रहरी पक्राउ

चीनको एजेन्ट बनेको आरोपमा न्युयाेर्कमा एक अमेरिकी प्रहरी पक्राउ

नेपालखबर
असोज ६, २०७७ मंगलबार ५:२२,

अमेरिकाको ‘न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट’ (एनवाईपीडी) का एक प्रहरी अधिकारी, चीनको अवैध एजेन्टका रूपमा काम गरेको आरोपमा पक्राउ परेका छन्।

तिब्बतमा जन्मिएका प्रहरी अधिकारी बामडाजई एङग्वाङविरुद्ध न्युयोर्कमा रहेका चिनियाँ नागरिकको गतिविधि निगरानी गरी चीनलाई खबर गर्ने गरेको आरोप लागेको हो। यस्तै उनीविरुद्ध तिब्बती समुदायमा गुप्त सूचना जुटाउन सम्भावित स्रोत खोजेको आरोप पनि छ।

एनवाईपीडीको सामुदायिक मामिला एकाइमा कार्यरत प्रहरी अधिकारी एङग्वाङलाई सोमबार पक्राउ गरिएको हो। दोषी साबित भए उनलाई ५५ वर्षसम्म कैद सजाय हुन सक्ने बताइएको छ।

अभियोजन पक्षले ‘यूएस आर्मी रिजर्भ’ को नागरिकता मामिलामा विशेषज्ञकाे रूपमा काम गरेकाे बताएकाे छ। यस्तै उनीविरुद्ध चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीको सम्पर्कमा रहेको आरोप पनि लागेको छ।

त्यस्तै उनले न्युयोर्कमा रहेका तिब्बती नागरिकलाई सूचना दिनाका अलावा चिनियाँ दूतावासका प्रतिनिधिलाई एनवाईपीडीको आधिकारिक कार्यक्रममा सहभागी गराई उनीहरूको पहुँच विभागका वरिष्ठ अधिकारीसम्म पुर्याउको आरोप पनि लागेको छ।

एङग्वाङका पिता अवकाश प्राप्त चिनियाँ सैनिक हुन् र चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बद्ध छन्। उनकी आमासमेत चीनकै पूर्वसरकारी कर्मचारी र पार्टीसँग सम्बन्धित व्यक्ति हुन्।

एनवाईपीडीका कमिस्नर डेरमोट एफ सेयाले आफ्नो बयानमा भनेका छन्, ‘ बैमाडाजिए एङग्वाङले देशको नाममा जुन शपथ लिएका थिए, त्यो उनले उल्लंघन गरे। एउटा शपथ अमेरिकाका लागि र अर्काे शपथ अमेरिकी सेनाका लागि लिएका थिए भने तेस्रो यस प्रहरी विभागका लागि लिएका थिए।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .