ad ad

राजनीति


लडाकु विमान किन्ने विषयमा स्वीट्जरल्यान्डमा जनमतसंग्रह हुँदै

लडाकु विमान किन्ने विषयमा स्वीट्जरल्यान्डमा जनमतसंग्रह हुँदै

नेपालखबर
असोज ५, २०७७ सोमबार १२:५६,

सेप्टेम्बर २७ का दिन स्वीट्जरल्यान्डमा पाँच वटा विषयमा जनमतसंग्रह हुँदैछ। त्यसमध्ये एउटा विषय हो– सरकारलाई ६.६ अर्ब डलर बराबरको लडाकु विमान किन्न अनुमति दिने कि नदिने?

स्वीट्जरल्यान्डजस्तो तटस्थ मुलुकलाई महंगो लडाकु विमान चाहिन्छ कि चाहिँदैन भन्नेमा अहिले जनमत विभाजित छ।

यो मुलुकले विदेशी शत्रुसँग युद्ध नलडेको २ सय वर्ष नाघिसकेको छ। यतिबेला स्वीट्जरल्यान्डका कुनै दुश्मन छैनन्।

त्यसैले लडाकु विमान किन्ने योजनाको धेरैले विरोध गर्दै आएका छन्। उनीहरुको तर्क छ– लडाकु जेट किन्नु भनेको सरासर पैसा खेर फाल्नु हो।

‘हाम्रो दुश्मन को हो? हामीजस्तो सानो, तटस्थ, नाटो राष्ट्रको बीचमा भएको मुलुकलाई कसले आक्रमण गर्छ?’ एक सांसद प्रिस्का सिलर ग्राफ भन्छिन्।

यो योजनाको विपक्षमा रहेकाहरुले आयरल्यान्ड, माल्टा र लक्जेम्बर्गको उदाहरण दिने गरेका छन्, ती राष्ट्रसँग पनि लडाकु विमान छैनन्।

स्वीट्जरल्यान्डसँग अहिले ३० वटा एफ÷ए१८ ओर्नेट लडाकु विमान छन्। जुन सन् २०३० मा सेवाबाट बाहिरिँदै छन्।

६ वर्षअघि पनि स्वीट्जरल्यान्डमा स्वीडेनबाट ग्रिपेन जेट किन्ने विषयमा जनमतसंग्रह भएको थियो। जसले सो प्रस्तावलाई खारेज गरिदिएको थियो।

सन् १९८९ मा देशको सेनालाई विघटन गर्ने प्रस्तावलाई पनि ३५ प्रतिशत समर्थन प्राप्त भएको थियो।

तर, अहिले भने लडाकु विमान किन्ने प्रस्ताव पारित हुने अनुमान गरिएको छ।

‘आउँदो ५० वर्षमा के हुन्छ, हामीलाई थाहा छैन। घर जल्न थालेपछि दमकलको खोजीमा लाग्नुभन्दा तिनलाई पहिले तयार राख्नु उपयुक्त हुन्छ,’ दक्षिणपन्थी स्वीस पिपुल्स पार्टीका सांसद टमस हर्टर भन्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .