ad ad

कारोबार


स्वास्थ्य, सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न व्यावसायीलाई परिसंघको आग्रह

स्वास्थ्य, सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न व्यावसायीलाई परिसंघको आग्रह

नेपालखबर
असोज ५, २०७७ सोमबार १२:४९,

नेपाल सरकारले बनाएको कोभिड प्रोटोलक पूर्णरुपमा पालना गर्न नेपाल उद्योग परिसंघले उद्योगी व्यावसायीहरुलाई आग्रह गरेको छ।

सरकारले आवतजावत, कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइ र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्नको लागि परिसंघका सदस्य लगायत सबै उद्योगी व्यावसायीहरुलाई आग्रह गरेको हो।
सरकारले बनाएको सुरक्षासम्बन्धी प्रोटोकलमा उद्योग व्यवसायीको समेत सुझाबलाई समावेश गरेकाले उक्त नियम पालना गर्नु पर्ने परिसंघको भनाइ छ।

‘नेपाल सरकारलाई परिसंघले प्रोटोकल बनाउने सम्बन्धमा राय सुझावहरु प्रस्तुत गरेको र सरकारले बनाएको कोभिड प्रोटोकलमा परिसंघको सुझावलाई प्राथमिकताका साथ समावेश गरेको छ,’ परिसंघले भनेको छ।

कार्यस्थलमा भौतिक दूरी कायम गर्ने, सवारी साधानको प्रयोग गर्ने सम्बन्धमा, उत्पादन प्रशोधन तथा सामाग्री व्यवस्थापन गर्दा समेत कोभिड प्रोटोकलको पूर्ण पालनाको लागि आग्रह गरेको छ। औद्योगिक उत्पादनहरु ढुवानी र बजार व्यवस्थापनमा समेत सरकारले तोकेका मापदण्डहरुको पूर्णपालना गरी यस्ता कार्यहरु गर्नु अनुरोध गरेको छ।

यसैगरी उद्योग सञ्चालन, ढुवानी तथा बजारीकरणको सिलसिलामा शंकास्पद संक्रमित व्यक्तिहरु देखिएमा सुरक्षित तवरबाट स्वास्थ्य संस्थामा पुर्‍याउने, औद्योगिक प्रतिष्ठानमा सचेताना कार्यक्रमहरु सञ्चालन गर्ने र व्यवस्थापनबाट प्रोटोकलको पालना भएनभएको सम्बन्धमा अनुगमन गर्ने कार्यहरुलाई पनि प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन अनुरोध गरेको छ।

विशेषगरी उद्योग प्रतिष्ठानहरुमा सरकारले तोकेको निश्चित प्रोटोकल सम्बन्धमा चेक लिष्ट नै बनाई उद्योग परिसरमा राख्न समेत परिसंघ आग्रह गरेको छ। यसबाट रोगको संक्रमणबाट बच्नको लागि सहयोग पुग्छ भने रोग लागिहालेमा उपचार गर्न, आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ्ग गर्न र अन्य व्यक्तिलाई संक्रमण हुनबाट जोगाउन सहयोग पुग्ने परिसंघले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .