लद्दाखको सीमा नजिक चिनियाँ क्षेत्रमा वार्ता जारी रहेको भारतीय संचारमाध्यमले पनि बताएका छन्।
पूर्वी लद्दाख नजिक चिनियाँ बोर्ड पोस्ट मोल्दोमा वार्ता जारी छ। भारतीय तर्फबाट दुई लेफ्टिनेन्ट जनरल वैठकमा सहभागी छन्। यस्तै बैठकमा भारतका विदेश मन्त्रालयका सहसचिव पनि सहभागी भएको बताइएको छ।
भारतीय र चिनियाँ सेनाबीच केही समययता लद्दाख नजिकका सीमा क्षेत्रमा धक्कामुक्की भएका छन्। दुवै देशका सेनाले एकले अर्कालाई सीमा मिचेको आरोप लगाएका छन्।
गत जुन १५ मा भएको झडपमा २० भारतीय सेनाको मृत्यु नै भएको थियो। त्यसयता कयौंपटक र्वाा भइसकेका छन्। सोमबारको वैठक भने छैठौं कमाण्डरस्तरीय वार्ता भएको बताइएको छ।
समाचार संस्था पीटीआईका अनुसार सोमबारको बैठकले दुवैदेशबीच भएको सम्झौतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनेछ।
रुसमा केही समय अगाडिमात्र चीन र भारतका विदेशमन्त्री र रक्षामन्त्रीस्तरीय वार्ता भएको थियो। ती वार्ताहरुमा दुवै देशले विवादित क्षेत्रबाट सेना हटाउने सहमति गरेका थिए।
यस वैठकमा यसै विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया