ad ad

कारोबार


औषधिको खपत नै नभएपछि उद्योगहरु आंशिक बन्द हुने अवस्थामा

औषधिको खपत नै नभएपछि उद्योगहरु आंशिक बन्द हुने अवस्थामा

नेपालखबर
असोज ५, २०७७ सोमबार ११:५९,

चैत ११ गतेदेखि देशभर लकडाउन भयो। जसकारणले अधिकांश उत्पादनमूलक उद्योगहरु पनि बन्द भए। त्यसरी बन्द भएका उद्योगहरु हालसम्म पनि सञ्चालनमा आउनसकेका छैनन्।

तर सरकारले अत्यावश्यक वस्तुहरु उत्पादन गर्ने उद्योगहरुलाई भने कुनै रोकावट गरेन। त्यस्ता उद्योगहरुमा पहिलो नम्बरमा नै औषधि उद्योग पर्यो। औषधि उद्योग न सञ्चालनमा रोकावट भयो, न त त्यहाँ काम गर्ने कर्मचारीहरुलाई नै बाहिर हिँड्डुल गर्न रोकावट भयो।

अति आवश्यक भएकोले सरकारले त्यस क्षेत्रको लागि सहजीकरण गर्यो। अन्य उत्पादनमूलक उद्योगहरु बन्द भइरहँदा सधै सञ्चालनमा आएका औषधि उद्योगहरु अहिले भने बन्द गर्नुपर्ने अवस्थामा छन्।

यी उद्योगहरु कुनै कठिनाइ, सरकारले गरेको अवरोधको कारण नभई औषधिको खपत नै नभएको कारणले आंशिक बन्द गर्नुपर्ने अवस्था आएको हो।

यसरी औषधि उद्योगहरु बन्द गर्नुको कारण भनेको नै बजारमा औषधि कम बिक्री हुनु नै रहेको औषधि उत्पादक संघका नारायण बहादुर क्षेत्रीले बताए।

नेपालमा रहेका बिरामीले नै औषधि सेवन नै न्यून रुपमा परेका छन्। त्यसकारणले गर्दा यहाँ मारमा उद्योगभन्दा पनि बिरामीहरु रहेको उनको भनाइ छ।

उनले भने, ‘अहिले आएर औषधि उद्योगहरु आंशिक रुपमा बन्द हुनु ठूलो कुरा होइन। यहाँ सर्वसाधारणको जीवन नै सहज हुन नसकिरहेको अवस्थामा हामीले उत्पादन गरेको वस्तु बिक्री वितरण भएन भनेर कराउनु गलत हुन्छ।’

अब अस्पतालको ओपीडी सेवाहरु समेत खुल्नथालेका छन्। बिरामीहरुले चेकजाँच गराउँछन्। र औषधिको खपत गर्छन्। अब औषधिको खपत धेरै हुँदै छ। त्यसकारणले कुनै पनि औषाधि उत्पादकहरु आत्तिहाल्नुपर्ने अवस्था नरहेको अध्यक्ष क्षेत्रीको भनाइ छ।

नेपालकै सबैभन्दा ठूलो औषधि उद्योग देउराली जनता फर्मास्युटिकलले औषधिको नै माग कम आएपछि आंशिक रुपमा मात्रै उद्योग सञ्चालनमा ल्याएको छ। उत्पादित औषधि उद्योगमा नै थुप्रिएको भन्दै आफ्नो उत्पादन आंशिक रुपमा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .