ad ad

राजनीति


नेपालकी वन्दना राणा राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत

नेपालकी वन्दना राणा राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत

नेपालखबर
असोज ५, २०७७ सोमबार २:१६,

नेपालकी महिला अधिकारकर्मी तथा सञ्चारकर्मी वन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन्।

राष्ट्र सङ्घीय महिलाविरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनीत भएकी हुन्।

उनी राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्षसमेत हुन्।

जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन ९आइसीपीडी०को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेन्डा पूरा गर्न सो आयोग गठन गरिएको थियो।

आयोगमा २८ सदस्य छन् भने अध्यक्षता तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेते र क्यानडाका २७औं गभर्नर जनरल मिसेल जिनले गर्नेछिन्।

आयोगमा देशका पूर्व प्रमुखदेखि अभियानकर्मी र युवासमेत सदस्यको रूपमा रहेका छन्।

आयोगले नैरोबी सम्मेलनमा गरिएका एक हजार २५० प्रतिबद्धता पूरा भए–नभएको अनुगमन गर्ने जनाइएको छ।

कोरोना भाइरस महामारीको समयमा महिलाहरू परिवार नियोजन, गर्भवती स्याहारजस्ता आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको अवस्थामा सम्मेलनले दिशानिर्देश गरेका कामहरू निरन्तर रूपमा अगाडि बढुन् भन्ने उद्देश्यले अधिकारकर्मीहरू र विशेषज्ञहरूको उच्चस्तरीय आयोग गठन भएको हो।

यो अभियान सञ्चालनका लागि नैरोबी सम्मेलनले सरकार, निजी क्षेत्र, सङ्घ संस्था र अन्य क्षेत्रबाट प्रतिबद्धताको रुपमा अर्बौं डलर रकम सुरक्षित गरिसकेको छ।

सम्मेलनले १० वर्षभित्र तीन शून्य अर्थात, परिवार नियोजनका साधनसम्म पहुँच नभएका महिलाको सङ्ख्या शून्य, रोक्न सकिने मातृ मृत्युदर शून्य र लैङ्गिक आधारमा हुने हिंसालाई शून्य बनाउने लक्ष्य राखेको छ।

अहिले गठन गरिएको उच्चस्तरीय आयोगले यिनै लक्ष्य प्राप्तिका लागि काम गर्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .