राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक मंगलबार बस्ने भएको छ।
राप्रपाका तीन अध्यक्षहरूको आइतबार बसेको बैठकले सो निर्णय गरेको राप्रपाका एक अध्यक्ष कमल थापाले बताएका छन्।
‘राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ,’ थापाले भनेका छन्, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६गते गर्ने निर्णय पनि गरेको छ।’

प्रतिक्रिया