कारोबार


रमन कन्सट्रक्सनद्वारा फोटोपत्रकार महासंघलाई सहयोग

रमन कन्सट्रक्सनद्वारा फोटोपत्रकार महासंघलाई सहयोग

नेपालखबर
असोज ४, २०७७ आइतबार १२:७,

धरहरा पुनर्निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सन जेभीले पत्रकारहरुलाई सहयोग गरेको छ।

कम्पनीले आइतबार पूर्वमन्त्री रामशरण महतको उपस्थितिमा फोटो पत्रकार महासंघलाई दुई सय थान ज्याकेट प्रदान गरेको हो।

कार्यक्रममा कन्सट्रक्सनका प्रमुख कार्यकारी अधिकृत रमण महतोले महासंघका अध्यक्ष ध्रुब आलेलाई सो ज्याकेट सहयोग हस्तान्तरण गरे।

कार्यक्रममा पूर्व अर्थमन्त्री महतले देश विकासमा संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले संचार श्रेत्रको व्यावसायिक विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए। धरहरा निर्माणको प्रसंग उठाउदै उनले आफू अर्थमन्त्री रहदा धरहरा पुनर्निर्माणका लागि नेपाल दुरसञ्चार संथानको विल भुत्तानीमा ग्राहकबाट एक प्रतिशत धरहरा निर्माणको लागि रकम जुटाउन शुरु गरेको बताए।

कन्सट्रक्सनका प्रमुख कार्यकारी अधिकृत महतोले फोटोपत्रकारहरुको योगदानको प्रसंसा गर्दै धरहरा निर्माणको जिम्मा पाउनु अहिलेको पुस्ताकै लागि एउटा सुखद अवशर भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad