राजनीति


पार्टी एकता जोगाउन इमान्दारीपूर्वक लाग्ने थापाको प्रतिवद्धता

पार्टी एकता जोगाउन इमान्दारीपूर्वक लाग्ने थापाको प्रतिवद्धता

नेपालखबर
असोज ४, २०७७ आइतबार ११:१४,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने बताएका छन्।

आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे।

उनले पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्ने दृढता पनि व्यक्त गरेका छन्। पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए।

राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागिहरुलाई विश्वास दिलाए।

गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad