अमेरिकी कूटनीतिज्ञको ताइवान भ्रमणकै बेला ताइवान जलसन्धिमा चीनले सैन्य अभ्यास सुरु गरेको छ। अमेरिका र ताइवानलाई चेतावनी दिन चीनले सो अभ्यास थालेको हो।
अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी किथ क्र्याच बिहीबार ताइवान पुगेका छन्।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओचियाङले शुक्रबार पत्रकार सम्मेलनमा जनमुक्ति सेनाको पूर्वी थिएटर कमान्डले सो अभ्यास थाल्ने बताएका हुन्।
ताइवानी रक्षा मन्त्रालयले भने १८ चिनियाँ विमानले जलसन्धिको मध्यविन्दु पार गरेको बताएको छ।
‘दुई एच ६ बम वर्षक, ८ जे १६ लडाकु विमान, ४ जे १० लडाकु विमान र ४ जे ११ लडाकु विमान ताइवान जलसन्धि पार गरेर ताइवानको जलक्षेत्रमा प्रवेश गरेको छ,’ उसले भनेको छ। एजेन्सी

प्रतिक्रिया