समाज


कोरोना संक्रमणबाट चितवनमा थप दुई पुरुषको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा थप दुई पुरुषको मृत्यु

नेपालखबर
असोज २, २०७७ शुक्रबार ९:४०,

कोरोना संक्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ। एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो। अस्पतालद्वारा जारी सूचनामा मिर्गौलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक संक्रमित पुरुषको मृत्यु भएको छ। अस्पतालका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजेको समयमा मृत्यु भएको हो।

स्वासप्रस्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले जानकारी दिए। हालसम्म जिल्लामा उपचारका क्रममा र घरमा गरी मृत्यु हुनेको संख्या २९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमध्ये चितवनका मात्र १७ जना रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad