कोरोना संक्रमण भई ओम अस्पतालमा उपचाररत् रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अस्पतालबाटै आफ्नो स्वास्थ्यबारे जानकारी गराएका छन्।
उनले संक्रमण भएपछि आफू ओम नर्सिङ होमको आइसोलेसनमा रहेको प्रत्यक्ष जानकारी गराउँदै कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन्।
‘तपाईंहरुले चिन्ता लिनुपर्दैन। दुई–तीन दिन अझै यहाँ बसेर डिस्चार्ज हुन्छु। यति नै भनौं, यहाँहरु सबैलाई धन्यवाद, जय नेपाल,’ उनले भिडियो सन्देशमा भनेका छन्।
कोभिड–१९ संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई मंगलबार साँझ ज्वरो आएपछि बुधबार बिहान अस्पताल भर्ना भएका हुन्।
भिडियाे:
याे पनि: कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण, छैन लक्षण
प्रतिक्रिया