चिनियाँ सेनाले सीमा क्षेत्रमा भारतीय सेनालाई हिन्दी भाषामा चेतावनी दिने गरेको र ठूलो आवाजमा पञ्जाबी गीत घन्काउने गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
भारतीय सैन्य अधिकारीले टाइम्स अफ इन्डियासँग भनेका छन्,‘चिनियाँ सेना हाम्रो सेनाको मनोबल गिराउन चाहन्छन्। तर त्रसित हुनुको साटो हाम्रा सेना गीत र संगीतमा झुमिरहेका छन्। यस्ता मनोवैज्ञानिक रणनीतिले भारतीय सेनाको मनोबल टुट्दैन।’
बुधबार मात्र चीनले भारतलाई गलत क्रियाकलाप बन्द गर्न साथै चिनियाँ सेनालाई जिस्क्याउने कार्य बन्द गर्नुपर्ने बताएको थियो।
यससँगै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतीय सेनाले सीमा सम्झौता उल्लंघन गर्दै सीमा मिचेकाले हाल दुई देशबीच तनाव भएको बताएका थिए।
भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा पछिल्लो चार महिनायता टकरावको स्थिती यथावत छ। यद्यपी पछिल्लो समय भारत र चीन विवाद साम्य गर्न तयार भएका छन्। एजेन्सी
प्रतिक्रिया