राजनीति


नेकपा स्थायी समिति बैठक : आफ्ना कुरा राखेर बाहिरिए प्रधानमन्त्री ओली

नेकपा स्थायी समिति बैठक : आफ्ना कुरा राखेर बाहिरिए प्रधानमन्त्री ओली

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ६:२९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्।

शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले आफ्ना कुरा राखेर बाहिरिएका हुन्।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली सहमतिमै बैठकको सुरुमा आफ्ना कुरा राखेर बाहिरिएका हुन्।

 ‘उहाँ (प्रधानमन्त्री) बैठक सुरु हुने बित्तिकै आफ्ना कुरा राखेर म गएँ है भनेर बाहिरिनु भयो’, स्रोतले नेपालखबरसँग भन्यो।

बैठकअघि आजै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो।

पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।

याे पनि : आधा माग पूरा भएको माधव नेपालको निष्कर्ष, ओली-प्रचण्डको प्रस्तावको विरोध नगर्ने

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समधानका लागि अध्यक्षद्वयले कार्यदल गठन गरेको र कार्यदलले दिएको सुझाबका आधारमा दुई अध्यक्षले बैठकको प्रस्ताव तयार गरेपछि नेकपाको विवाद समाधानको दिशामा गएको हो।

अध्यक्षद्वले तयार पारेको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालको पनि सहमति रहेपछि स्थायी समिति बैठक आजै सक्ने गरी तयारी गरिएको नेकपा स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad