समाज


‘फुड बैंक’ सिमराले गर्‍यो ५ सय परिवारलाई सहयोग

‘फुड बैंक’ सिमराले गर्‍यो ५ सय परिवारलाई सहयोग

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ७:०,

कोरोनाको महामारीबीच बाराको सिमरामा सञ्चालित फुड बैंकले ५ सय परिवारलाई सहयोग गरेको छ।

‘हुनेले दिएर जाऊ, नहुनेले लिएर’ भन्ने मूल नाराका भदौ १० गतेबाट सञ्चालित फुड बैंक कोरोनाको महामारीका कारण दैनिक ज्यालामजदूरी गर्न नपाएका ५ सय परिवारलाई सहयोग गरेको हो।

जितपुर–सिमरा उपमहानगर पालिका–१ र २ का युवाहरुले सञ्चालन मा ल्याएको फुड बैंक सिमराले एकैदिन वडा नं. १ र २ का गुम्बा टोल, रेल्वे लाइन, १० धुरे र भक्ति नगर गरी ४ स्थानबाट राहत वितरण गरिएको जानकारी अभियन्ता सुशील ढकालले जानकारी दिए। उनका अनुसार आज करिब ९० घरपरिवारलाई राहत वितरण गरिएको थियो।

No description available.

यो अभियान पहिलो चरणमा जितपुर–सिमरा उपमहानगरपालिका–१ र २ का पथलैया, रुपान्तरण क्लब नरवस्ती, विकाशील चोक, पशुपति नगर हुलास, श्रृजना टोल पाँचधुरे, सयपत्री क्लब नरवस्ती र एयरपोर्ट रोड सिमरा गरी सात स्थानमा फुड बैंक खडा गरी जनस्तरबाट राहत संकलन गरिएको थियो।

संकलित राहत सामग्रीलाई युवाहरुले बराबर हिसाबले चामल, दाल, नुन, तेल, सोयाविन, चाउचाउ र विस्कुटहरु प्रत्येक पोकामा रहने गरी प्याकिङ गरी वितरण गरेका थिए।

पथलैया, रुपान्तरण क्लब नरवस्ती, विकाशील चोक, पशुपति नगर हुलास, श्रृजना टोल पाँचधुरे, सयपत्री क्लब नरवस्ती, सझौता टोल, दशधुरे, भक्तिनगर, गुम्बाटोल र रेल्वेलाइन गरी १० स्थानबाट राहत सामग्री वितरण गरिएको हो।

दुःखी, गरिब, असहाय, र अतिविपन्न घर परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुड बैंक सिमरा सञ्चालनमा ल्याइएको अभियन्ता ढकालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad