राजनीति


अमेरिकी युद्धबाट २० वर्षमा विश्वका पौने ४ करोड मानिस विस्थापित: अध्ययन

अमेरिकी युद्धबाट २० वर्षमा विश्वका पौने ४ करोड मानिस विस्थापित: अध्ययन

नेपालखबर
भदौ २४, २०७७ बुधबार १०:३९,

११ सेप्टेम्बर २००१ यता अमेरिकाले आतंकवादविरुद्ध भन्दै सुरु गरेको विभिन्न युद्धबाट विश्वका कम्तीमा ३ करोड ७० लाख मानिस विस्थापित भएको एक अध्ययनले देखाएको छ।

सन् १९०० यता दोस्रो विश्वयुद्धबाहेक यति धेरै मानिस कुनै पनि युद्धमा विस्थापित भएका थिएनन्।

ब्राउन युनिभर्सिटीले गरेको यो यस्तो खालको पहिलो अध्ययन हो। अध्ययनले सो अनुमान न्यूनतम भएको भन्दै अमेरिकी युद्धका कारण विस्थापित हुनेहरुको वास्तविक संख्या ४ करोड ८० लाखदेखि ५ करोड ९० लाखबीच रहेको जनाएको छ।

अफगानिस्तान, इराक, पाकिस्तान, यमन, सोमालिया, फिलिपिन्स, लिबिया र सिरियाबाट विस्थापितको संख्या मात्रै ३ करोड ७० लाख भएको अध्ययनको निष्कर्ष छ।

यसमा अमेरिकी सेनाको संलग्नतामा भएका ससाना युद्धबाट विस्थापित भएकाहरुको संख्या उल्लेख छैन। उसो त अमेरिकी सेनाको संलग्नतामा बुर्किनो फासो, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो, माली, नाइजर, ट्युनिसियालगायतका मुलुकबाट पनि लाखौँ मानिस विस्थापित भएका छन्।

विस्थापितमध्ये अढाइ करोड मानिस आफ्नो बासस्थान फर्किएपनि तिनको पीडा नमेटिएको अध्ययनमा उल्लेख छ।

सन् २००२ मा अमेरिकाले सेना पठाएपछि सोमालियाको झण्डै आधा जनसंख्या (४६ प्रतिशत) विस्थापित भएको थियो।

सन् २००१ मा अमेरिकामाथि अल कायदाले गरेको आक्रमणपछि अमेरिकाले कम्तीमा २४ मुलुकमा आफ्नो सैनिक पठाएको थियो। त्यसमध्ये कतिपय युद्ध २० वर्षसम्म पनि लम्बिएका छन्। यी युद्धमा लाखौँको ज्यान समेत गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad