नेपालमा पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमित निको भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप जना कोरोना संक्रमित निको भएको बताए।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ।
जम्मा संक्रमितमध्ये ६८.८ प्रतिशत निको भएको उनले जानकारी दिए।

प्रतिक्रिया