राजनीति


गरिबको पहिचान गरेका छौं, अब गरिबी निवारणको काम हुन्छः मन्त्री अर्याल

गरिबको पहिचान गरेका छौं, अब गरिबी निवारणको काम हुन्छः मन्त्री अर्याल

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १३:५६,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताएकी छन्।

राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथी छलफल गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

मन्त्री अर्यालले गरिबी निवारणका निम्ती अब भूमिको अधिकतम प्रयोग गर्नुपर्ने र त्यो सहकारीमार्फत गर्नुपर्ने बताइन्।

सहकारी मन्त्रालयका तर्फबाट गरिबी निवारण प्रमुख विषय बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले गरिब पहिचानको काम मन्त्रालयले गरेको भन्दै अब गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर अगाडि बढ्नुपर्ने बताइन्। सहकारीमार्फत उक्त कार्यक्रम सञ्चालन गरी पर्याप्त मात्रामा रोजगारीको सिर्जना गर्नुपर्ने उनको भनाई थियो।

‘देशभित्र प्रर्याप्त रोजगारीको सिर्जना गर्ने, गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्नेछ हुन्छ’, मन्त्री अर्यालले भनिन्, ‘भूमिको अधिकतम प्रयोग गरेर भूमिबाट उत्पादन बढी लिने, आत्मनिर्भर बनाउने कुरामा पनि सहकारीको भूमिका बढी महत्पुर्ण आधुनिक कृषि व्यवसायका निम्ती पनि सहकारीबाट शुरुआत गर्नुपर्छ। यी विषयलाई हामीले महत्वका साथ हेरेर योजना बनाउदै अगाडी बढेका छौं।’

सहकारीमार्फत गरिब लक्षित कार्यक्रम चलाउने गरी योजना बनाउन मन्त्री अर्यालले सहकारी क्षेत्रलाई आग्रह गरिन्।

१५ औं योजनाबाट कार्ययोजना बनाएर सरकार अगाडी बढेको भन्दै दिगो विकास लक्ष्य प्राप्त गर्नका निम्ती सहकारी क्षेत्रको दायित्व के हो भन्ने कुरालाई पनि हेक्का राख्न जरुरी रहेको मन्त्री अर्यालको भनाई थियो।

सहकारी क्षेत्र र निजी क्षेत्रसँग सरकारले सहकार्य गरेर अगाडी बढ्ने भनिरहेको अवस्थामा सहकारी क्षेत्रले कूल लगानीको ५‍।४ प्रतिशत कूल ग्राह्स्थ उत्पादनमा लगानी गरोस भन्ने राज्यको अपेक्षा रहेको मन्त्री अर्यालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad