सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता विष्णु रिजालले व्यापारी, बिचौलिया र ठेकेदारसँग नेताहरुको सम्बन्धलाई लिएर प्रश्न उठाएका छन्।
सत्तारुढ दलकै शीर्ष नेताहरु त्यस्ता व्यापारीक समूह, बिचौलिया र ठेकेदाहरुसँग जोडिएर बदनाम हुँदा पनि उनीहरुसँगको सम्बन्ध तोड्न नसकेको भन्दै रिमालले नेताहरुमाथि प्रश्न उठाएका हुन्।
नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको यति समूहसँग, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठेकेदार शारदाप्रसाद अधिकारीसँग र रक्षामन्त्री ईश्वर पोखरेलको ओम्नी समूहसँग नाम जोडिँदै आएको छ।
आफूलाई राजनेता ठान्ने नेकपाका अध्यक्षद्वयले नै त्यस्ता व्यापारिक घराना, बिचौलिया र बदनाम ठेकेदारसँग सम्बन्ध तोड्न नसकेको भन्दै उनले राजनेता शब्दसँग मात्रै प्रेम गरेर केही नहुने प्रतिक्रिया दिएका छन्।
नेता रिजालले आफ्नो छविमा दाग लगाउन थालेपछि नेल्सन मन्डेलाले पत्नीलाई छाडेको उदाहरणसमेत दिएका छन्।
‘आफ्नो छविमा दाग लगाउन थालेपछि नेल्सन मण्डेलाले पत्नी विन्नी मण्डेलालाई त छाडेका थिए भने निरन्तर बदनामी हुँदा पनि हाम्रा केही नेताले निश्चित व्यापारिक समूह, विचौलिया र बदनाम ठेकेदार छाड्न किन सक्दैनन्? राजनेता शब्दसँग औधी प्रेम भएर मात्र के नै होला र?’, सोमबार सामाजिक सञ्जाल ट्विटरमा नेता रिजालले लेखेका छन्।
— Bishnu Rijal (@bishnurijal1) September 7, 2020आफ्नो छविमा दाग लगाउन थालेपछि नेल्सन मण्डेलाले पत्नी विन्नी मण्डेलालाई त छाडेका थिए भने निरन्तर बदनामी हुँदा पनि हाम्रा केही नेताले निश्चित व्यापारिक समूह, विचौलिया र बदनाम ठेकेदार छाड्न किन सक्दैनन् ? राजनेता शब्दसँग औधि प्रेम भएर मात्र के नै होला र !
प्रतिक्रिया