ad ad

राजनीति


अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री ओलीले नै सम्हाल्ने

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री ओलीले नै सम्हाल्ने

सागर न्यौपाने
भदौ १९, २०७७ शुक्रबार १३:१३,

अर्थ, सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि रिक्त भएका ती सबै मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन्।

उनले दिएको राजीनामाको जानकारी र मन्त्रालयको जिम्मेवारीमा गरिएको हेरफेरको जानकारी केहीबेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको थियो।

सोहिअनुसार राष्ट्रपति भण्डारीबाट मन्त्रालयको जिम्मेवारीमा भएको हेरफेरलाई स्वीकृत गरिएकाे हाे।

डा. खतिवडाले दिएको राजीनामाबारे राष्ट्रपतिलाई जानकारी दिन मुख्यसचिव लोकदर्शन रेग्मी शितल निवास पुगेका थिए।

शितलनिवास स्रोतका अनुसार नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा मनोनित गर्नेबारेको कुनै सिफारिस भने राष्ट्रपति कार्यालयमा पुगिसकेको छैन।

‘बाहिर चर्चा भएजस्तो गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस अहिलेसम्म प्राप्त भएको छैन,’ शितलनिवास स्रोतले नेपालखबरसँग भन्यो, ‘बरु अर्थमन्त्री डा. युवराज खतिवडाले दिनुभएको राजीनामा र रिक्त मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै हेर्नेगरी जिम्मेवारी तोकिएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकमा पनि गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने प्रस्ताव ल्याएका थिएनन्। सो मन्त्रीपरिषद् बैठकमा गौतमको नाम सिफरिस गर्न प्रस्ताव आउने आकलन गरिएको थियो।

नेकपाको बिहीबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा पठाउने फागुन १४ को निर्णय कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीले नै जानकारी गराएका थिए।

याे पनि: 
अर्थ मन्त्रालयमा खतिवडाका साढे दुई वर्षः सर्वसाधारणले अनुभूति गर्न नपाएको विज्ञता
नयाँ अर्थमन्त्रीको चर्चामा तीन पूर्व अर्थमन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .