ad ad

कला


मैथिली टेलि सिरियल ‘मिथिलाञ्चली’को प्रिमियर शो

मैथिली टेलि सिरियल ‘मिथिलाञ्चली’को प्रिमियर शो

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १३:१५,

डिशहोमका लागि विजय लक्ष्मी मिडिया फाउन्डेशद्वारा निर्मित मैथिलि टेलि सिरियल ‘मिथिलाञ्चली’को प्रिमियर शो सम्पन्न भएको छ।

जनकपुरमा भएको प्रिमियर शोमा विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष एवं मिथिलाञ्चली सिरियलका निर्देशक सन्तोष लाल दास तथा प्रदेश नं २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव उपस्थित थिए। कार्यक्रम औरही गाँउपालिका–२ स्थित देउरि परबाहामा सामाजिक दूरी कायम गरि भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलाकार विनोदानन्दले मिथिलाञ्चली टेलि सिरियलको विशेषताको विषयमा प्रष्ट पारेका थिए।

त्यस्तै डिशहोमका सुपरभाईजर शिवराम मण्डलले डिशहोम नेटवर्क सदैव मैथिलि लोक कला संस्कृतिको पक्षमा रहीआएको र सदैब यसलाई संरक्षण एवं प्रवद्र्धन गर्न तत्पर रहने प्रतिबद्धता व्यतm गरेका थिए।

कार्यक्रममा प्रदेश नं. २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र यादवले विजय लक्ष्मी मिडिया फाउन्डेशनद्धारा बनिरहेको यो मैथिलि सिरियलमा प्रदेश २ सरकारको सदैब साथ र सहयोग रहने बताए। यस टेलि सिरियलमा देखाईएको कथावस्तुले समाजमा परिवर्तनको संदेश दिने विश्वास व्यक्त गरे।

विजय लक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालले प्रदेश सरकारको मुटु छुने काम गरेको बताए। साथै मन्त्री यादवले यस प्रदेशका कलाकारहरुका लागी छिट्टै प्रदेशस्तरीय चलचित्र विकास बोर्ड स्थापना गर्न विधेयक पास भईसकेको जानकारी गराए।

मैथिलि टेलि सिरियल मिथिलाञ्चली हरेक हप्ता शुक्रबार बेलुकी ८ बजे डिशहोमको च्यानल नं. ११९ भोजपुरी म्याजिकमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .