ad ad

समाज


३५० केजी तौल भएको १५ फिट लामो गोही भेटियो

३५० केजी तौल भएको १५ फिट लामो गोही भेटियो

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १२:५३,

अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन्।

वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन्।

क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिए। ‘यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो हो’, उनले भने।

तीन वर्षअघि पनि यसै क्षेत्रमा १५.५ फिटको ठूलो गोही फेला परेको थियो।

अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ।

पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ।

अस्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ। रासस–एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .