राजनीति


रौतहटका एसपी खड्का हेडक्वाटर तानिए

रौतहटका एसपी खड्का हेडक्वाटर तानिए

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १४:४६,

रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन्।

प्रहरीको कुटपिटबाट गरुडा नगरपालिका–८ का १७ वर्षीय विजय रामको हिरासतमा मृत्यु भएको र कमाण्ड कन्ट्रोल गर्न नसकेको भन्दै उनलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिहीबार उनलाई तान्दै रौतहट प्रहरी प्रमुखमा एसपी सिद्धिविक्रम शाहलाई खटाउने निर्णय भएको छ।

थुनुवा मृत्यु प्रकरणमै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नवीनकुमार सिंह र हवल्दारद्वय फिरोज मिया धुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको छ।

इलाका प्रहरी कार्यालयय गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालय तानिएको छ। उनको ठाउँमा डिएसपी नरेन्द्र कुवँरलाई पठाइएको छ।

२० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या गरेको आरोपमा साउन ३२ गते विजय पक्राउ परेका थिए। विजयको प्रहरी यातनाबाट मृत्यु भएको भन्दै परिवारले यातना दिने प्रहरीमाथि कारबाही गर्न माग गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad