समाज


ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १४:४२,

ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए।

कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिए।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य, वडा नम्बर ११ बंगलामुखीका ३९ वर्षीय पृथविन्दु महर्जन र वडा नम्बर २१ का ३८ वर्षीय अशोजकुमार महर्जन छन्।

त्यस्तै, वडा नम्बर ६ का ३६ वर्षीय रवि शाक्य, महालक्ष्मी नगरपालिका १ इमाडोलका ४३ वर्षीय सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य, भक्तपुरको ठिमीका ३२ वर्षीय श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय यादवलाल कायस्थ पनि पक्राउ परेका छन्।

रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयले ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी जवानमाथि कुटपिट गरेका थिए। मंगलबजार प्रभागमा कार्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्रहरी पनि घाइते भएका छन्।

स्थानीय प्रशासन र ज्यापु समाजको अनुमतिबिनै भेला भएका स्थानीयले रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा प्रहरीको पानीको फोहोरा हान्ने गाडी समेत तोडफोड भएको छ।

ट्राफिक जवान चढेको मोटरसाइकल समेत स्थानीयले तोडफोड गरेका छन्।

भीड तित्तरबित्तर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। मच्छिन्द्रनाथको रथ यात्रा तत्काल रोक्ने निर्णय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad