कारोबार


व्यवसाय सञ्चालनको वातावरण बनाउन व्यवसायी संघ-संस्थाको माग

व्यवसाय सञ्चालनको वातावरण बनाउन व्यवसायी संघ-संस्थाको माग

प्रकाश न्यौपाने
भदौ १८, २०७७ बिहिबार १५:५,

रुपन्देहीका उद्योगी–व्यवसायीले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरेका छन्। जिल्लामा रहेका पाँच वटा उद्योग बाणिज्य संघले कोरोना भाइरस संक्रमण फैलिन नदिने नाममा गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त भएको निचोड निकाल्दै निजी क्षेत्रको लगानी समेत धरासायी भएकाले सहजरुपमा व्यवसाय चलाउन पाउनु पर्ने जनाएका छन्।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री र देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले बिहीबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यही भदौ २० गते पश्चात निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका हुन्।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी व्यवसाय खोल्नुपर्ने उनीहरुमा माग छ। पाँच संघका अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ, ‘छोटो समय मात्रै पसल सञ्चालन गर्ने अभ्यासले झनै भिडभाड बढ्ने र संक्रमणको जोखिम समेत बढेकाले स्वास्थ्य मापदण्ड पालना गरेर व्यापार व्यबसाय सञ्चालन गर्ने व्यबस्था मिलाउन आग्रह गर्छौं।’

कोरोना निश्चित समयावधि भित्र नियन्त्रणमा आउँछ भन्ने कहीँ कतै प्रमाणित तथ्य नआएका कारण विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्नेगरी निर्वाध रुपमा व्यापार व्यबसाय, बैंक तथा वित्तिय संस्थाहरु सावधानी पूर्वक सञ्चालन गर्ने प्रवन्ध मिलाउन विज्ञप्तीमा आग्रह गरिएको छ। संघहरुले कोरोना संक्रमण नियन्त्रण गर्न तत्काल पूर्वाधार विकास र पीसीआर परीक्षणलाई तिब्रता दिन पनि सरकारसँग आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad