राजनीति


विप्लवका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

विप्लवका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

नेपालखबर
साउन ६, २०७६ सोमबार १३:३,

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका जुम्ला जिल्ला इन्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ।

सोमबार बिहान प्रहरीले जिल्ला सचिव हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी बिर्खबहादुर शाहीसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने अर्का कार्यकर्तामा नरहरिनाथ गाउँपालिका–२ कालीकोट घर भएका युवा संगठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्ट रहेका छन्।

दुई जनालाई जिल्ला सेक्रेटरी शाहीको घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन वलीले बताए।

सेक्रेटरी शाही र विष्ट धाँचुगाउँमा आएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद ३०, युवा सङ्गठन नेपालको लेटरप्याड चार, पर्चा पम्प्लेट १०३, सिमकार्ड एक, मोबाइल दुई र पुस्तक आठ थान बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .