नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्शबीच व्यापार विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा द्धिपक्षीय समझदारी भएको छ।
जर्जियाका विदेशमन्त्री एलेक्सन्डर ख्भटीसियस्भिलीको उपस्थितिमा सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गियोर्गी पेरटियाबीच द्धिपक्षीय व्यापार विस्तार र लगानी प्रवद्र्धनका विषयमा समझदारी गरिएको हो।
दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यवसायिक अवसरहरुले सम्भावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागि हुने पनि सो समझदारी पत्रमा समावेश गरिएको छ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए। उनले आवश्यक ऐन, कानुनको व्यवस्था भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न पनि जर्जियाका उद्योगीहरुलाई आग्रह गरेका थिए।
Shares

प्रतिक्रिया