राजनीति


भारतद्वारा पब्जी मोबाइलसहित ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध

भारतद्वारा पब्जी मोबाइलसहित ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध

नेपालखबर
भदौ १७, २०७७ बुधबार १४:३२,

सिमानामा तनाव जारी रहेका बेला भारतले पब्जी मोबाइलसहित ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ।

भारतको सार्वभौमसत्ता तथा एकताका लागि घातक भएको भन्दै ती एप्सलाई प्रतिबन्धित गरिएको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

चिनियाँ कम्पनी टेन्सेन्टको स्वामित्वमा रहेको पब्जी मोबाइल विश्वकै लोकप्रिय भिडियो गेममध्ये एक हो।

यसअघि जुन महिनामा लद्दाखमा भएको झडपमा आफ्ना २० सैनिक मारिएपछि भारतले टिकटक र विच्याटलगायत ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad