रुसका विपक्षी नेता अलेक्सेइ नाभाल्नीलाई नोभिचोक नामक रासायनिक हतियारमार्फत आक्रमण गरिएको जर्मन सरकारले बताएको छ।
गत महिना साइबेरियाबाट मस्को उडानका क्रममा अचानक बिरामी परेका नाभाल्नीको हाल जर्मनीको बर्लिनमा उपचार भइरहेको छ।
जर्मन सरकारका प्रवक्ता स्टेफेन साइबर्टले नाभाल्नी रासायनिक आक्रमणको सिकार भएको बताए।
सन् २०१८ मा रुस र बेलायत दुवै देशका लागि जासुसी गरेको सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई पनि बेलायतमा नोभिचोकद्वारा नै आक्रमण गरिएको बेलायत सरकारले बताएको थियो। एजेन्सी

प्रतिक्रिया