ad ad

राजनीति


बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आउँदै

बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आउँदै

नेपालखबर
भदौ १५, २०७७ सोमबार १२:४९,

बहराइनका राजकुमार सलमान पर्वतारोहणका लागि नेपाल आउने भएको छन्।

सरकारले पर्वतारोहणका लागि सेप्टेम्बर १५ पछि बहराइनका राजकुमारलाई चार्टर्ड विमानबाट नेपाल आउने अनुमति दिएको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बहराइनका राजकुमार सलमानसहित १५ जना र तीन जना बेलायती नागरिकलाई चार्टड विमानबाट नेपाल आउन अनुमति दिने निर्णय गरिएको जानकारी दिए।

उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी नेपाल आउन र नियम अनुसार लोघुचे र मनास्लु हिमाल आरोहण गर्न पाउनेछन्। यो हिमाल पर्वतारोहणको क्षेत्रमा कोरोना भाइरसको महामारीपछि भएको पहिलो निर्णय भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .