नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत हल्ला फैलाइएको बताएका छन्।
बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमार्फत उनले आफ्नाबारे गलत सूचना प्रवाह गरिएको भन्दै यसबाहेक आफ्नो अर्काे आधिकारिक अकाउन्ट नभएको जानकारी दिएका हुन्।
मंगलबार साँझ घिसिङका नाममा खोलिएका फेक ट्विटर अकाउन्टबाट उनको पुनर्नियुक्तिबारे समाचार भाइरल बनाइएकाे थियाे।
यसैलाई आधार बनाएर कतिपय मूलधारका सञ्चारमाध्यमले समेत समाचार बनाएका थिए।
याे पनि :
सामाजिक सञ्जालमा चर्को आवाज : राष्ट्रपति, प्रधानमन्त्री दोहोरिँदा कुलमान किन नदोहोरिने?
घाटामा रहेको प्राधिकरण पूर्वाधारमा लगानी गर्न सक्ने संस्थान बन्याे : कुलमान

प्रतिक्रिया