छापा खबर


शीतल निवासमा नयाँ सुरक्षा सल्लाहकार नियुक्तिको तयारी

शीतल निवासमा नयाँ सुरक्षा सल्लाहकार नियुक्तिको तयारी

नेपालखबर
भदौ १०, २०७७ बुधबार ३:५९,

राष्ट्रपतिका सुरक्षा सल्लाहकार सेनाका अवकाशप्राप्त तीनतारे जर्नेल नेत्रबहादुर थापाले त्यहाँबाट पनि अवकाश पाएका छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका साक्खे दाइ हुन्।

थापाको अवकाशपछि रिक्त पदमा यहि १५ गते अवकाश हुन लागेका दुई तारे जर्नेल राजेन्द्र कार्कीलाई लैजाने तयारी भएको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

म्याद र लेफ्टिनेन्ट जर्नेलको यौटा दरवन्दी नथपिने भएपछि कार्कीको अवकाश पक्का भएको हो । यसअघि एकतारे हुँदा उनी एक बर्ष शीतल निवासमा समेत खटिएर लुम्बिनी गएका थिए।

पहिले पनि खटिएको नाताले अब अवकाशपछि उनलाई नै राष्ट्रपतिको सल्लाहकार बनाउन उपयुक्त हुने निश्कर्ष जङ्गी अड्डाले निकालेको बताइन्छ।

मेजर जर्नेल रघु भण्डारीले पनि आगामी कात्तिकमा अवकाश पाउँदैछन् । उनलाई युनिफर्म लगाएरै राष्ट्रिय सेवा दलको जिम्मा लगाउने तयारी छ । सेवा दलबाट साठी बर्ष लागेर रमिन्द्र क्षेत्रले अवकाश पाएका छन् । हालका प्रधान सेनापतिको गुड बुकमा अनन्त कार्की र प्रेम शाहीको पनि नाम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad