ad ad

राजनीति


जनगुनासो बढेपछि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई मुख्यमन्त्री राईले दिए यस्तो निर्देशन

जनगुनासो बढेपछि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई मुख्यमन्त्री राईले दिए यस्तो निर्देशन

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ८:४५,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग छलफल गरेका छन्।

प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मगलबार मुख्यमन्त्री राईले बीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन्।

मुख्यमन्त्री राईले पदाधिकारीहरुलाई कोभिड र अन्य बिरामीहरुलाई छुट्टा–छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। उनले उपचार गराउन आएका बिरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिए। तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका छन्।

उनले पाँच सय क्षमताको आइसोलेसन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशीघ्र बनाउन पदाधिकारीहरुलाई निर्देशन दिएका छन्। मुख्यमन्त्रीको निर्देशनसँगै बीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए।

छलफलमा पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .