ad ad

राजनीति


२३३ नेपाली सैनिक शान्ति मिसनमा साउथ सुडान प्रस्थान

२३३ नेपाली सैनिक शान्ति मिसनमा साउथ सुडान प्रस्थान

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ८:३८,

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि २३३ नेपाली सैनिक साउथ सुडान प्रस्थान गरेका छन्।

शुक्रबार उनीहरु साउथ सुडान प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ।

यसअघि पनि २३८ जना सैनिक सुडान गइसकेका छन्।

७०० सैनिक सुडान प्रस्थान गरिसक्नुपर्ने भएपनि कोरोना संक्रमणको जोखिमका कारण प्रभावित भएको हो। बाँकी सैनिकक भदौ तेस्रो साता जाने तयारी छ।

यसअघि साउन २१ गते ३५ जनाको टोली इराक गएको थियो।

नेपाली सेनाको सैनिक मिसन कोरोनाका कारण तीनदेखि चार महिना प्रभावित भएको सैनीक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।

मालीमा असार ३१ गते नै २१३ जनाको टोली गएको थियो।

त्यस्तै लिवियामा २३० जना जाने तयारीमा छन्। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्य अन्तर्गत नेपाली सेना विभिन्न देशमा खटिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .