न्युजिल्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो। दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहेकी आर्डेनले आगामी अक्टोबर १७ का लागि नयाँ मिति तोकेकी छिन्।
न्युजिल्यान्डमा कोभिड–१९ बाट संक्रमितहरु पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मिति पछि सार्नु परेको उनको भनाइ छ।
न्युजिल्यान्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिदिएको छ। यस शहरमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ।
आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए। यो सहित न्युजिल्यान्डमा कोरोना संक्रमितको कूल संख्या ४९ पुगेको छ। रासस/एएनआई

प्रतिक्रिया